दाङमा होटल संचालिकासहित १० जुवाडे पक्राउ
बुटवल। दाङ्ग प्रहरीले घोराहीमा रहेको एक होटल सञ्चालिका सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । घरोही उपमहानगरपालिका–१४, लखनपार्कस्थित रोल्पाली सृष्टि होटल खाजा घरकी सञ्चालिका छवि पुनसहित १० जना जुवाडेलाई प्रहरीले १ लाख ७१ ह्जार ५ सय ८० रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका–६ निगालेका दुर्गा पुन, सोही गाउँपालिका–७, डुब्रिङका रेशम रोका , सोही स्थानका सोमराज बस्नेत , धनबहादुर घर्ति मगर , घोराही रतनपुरका पदमबहादुर बुढा , घोराही कमलघारीका दुर्गालाल रोका, मसिनाका फाले घर्ति , रतनपुरका जनक पुन र रोल्पा निलपानी घर भएकी होटल सञ्चालिका पुन रहेकी छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण