कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गर्न माग
आइतबार, ०२ चैत २०७६, १२ : २५
काठमाडौं । कोरोनाको त्रासका कारण बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव तथा व्यवसायीहरुको मनलाग्दी रोक्न तत्काल सरकारले बजार अनुगमन गर्नुपर्नेमा सांसद देवेन्द्र पौडेलले माग गरेका छन् ।
आइतबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको कृतिम अभाव हुनुका साथै मूल्य पनि अस्वभाविक वृद्धि भएको भन्ने जनगुनासो रहेको बताए ।
यसलाई मध्यनजर गर्दै सम्बन्धित पक्षले तत्काल बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गरेर सरकारको उपस्थिति देखाउनु पर्ने बताए ।
सरकारले हल्लाका कारण जनमस्तिष्कमा परेको प्रभाव र आक्रान्त परिस्थितिलाई कम गर्न तथा बजारमा हल्ला चले जस्तो उपभोग्य वस्तु तथा सेवाको कुनै अभाव छैन सन्देश दिन सक्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण