पुरानै लयमा फर्किँदै प्रधानमन्त्री ओली
सोमबार, ०३ चैत २०७६, ०६ : ४४
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ ।
शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए ।
आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीच भएको भिडयो कन्फेरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे ।
१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिवारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्र्रेस सल्लाहकार सूर्य थापाले बताए ।
‘उहाँ पुरानै लयमा फर्कँदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण