हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेका हुन् । यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए । ‘हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक काम गर्ने अलगअलग संस्था हुन्, त्यसैले एकै ठाउँमा राख्दा चाहना बाझिने र घटना घट्दा अधिकार र दायित्वको विषयमा अलमल हुँदा विधेयक ल्याउनुपरेको हो ।’
मन्त्री भट्टराईले हवाई सेवाको क्षेत्रमा दुबै संस्था अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उड्डयन क्षेत्रको सञ्चालन, व्यवस्थापन, प्रशिक्षण र नियमनमा यसले थप उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे । युरोपेली सङ्घ (इयू) ले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको विषयमा सांसदहरुले उठाएको प्रश्नमा उनले दायित्व र जिम्मेवारीमा द्वन्द्व भएकाले विगतमा समस्या उत्पन्न हुने गरेको स्वीकार गर्दै ऐन आएपछि भने उक्त समस्या हल हुने विश्वास दिलाए ।
मुलुकमा वि.सं २०५३ मा नेपाल नागरिक उड्डयन ऐन पारित भएको थियो । विसं २०५६ मा नेपाल नागरिक उड्डयन प्राधिकरण बनेर काम गर्दै आएको थियो । सबै काम एउटै ऐनबाट हुँदै आएको थियो । विधेयकमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल ओली र रामनारायण बिँडारी, नेपाली काँग्रेसका राधेश्याम अधिकारी र सांसद जितेन्द्रनारायण देवलगायतले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण