सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार छौंः नेपाल चिकित्सक संघ
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गर्दै संघले सहयोगका लागि तयार रहेको जनाएको हो ।
संघले उपचारका लागि तोकिएका अस्पतालहरुमा रहेका अन्य विरामीहरुलाई अन्य अस्पतालमा स्थानात्रण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरुमा देखिएको अवस्थालाई मधयनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिनुपर्ने अवश्यकता भएपनि त्यो हुन नसकेको र पेशागत संघसंस्थाहरुसँग सहकार्यका लागि पनि सरकार तयार नभएको उनले बताए ।
भयभित नबनी आवश्यक तयारी गर्न तथा सुरक्षीत र सतर्क रहन आग्रह गर्दै संघले चिकित्सकहरुलाई सहज रुपमा काम गर्ने व्यवस्था मिलाउन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, बीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने विज्ञप्ती मार्फत जनाएको छ ।
सम्भाव्य जोखिम न्युनिकरण तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ । विमानस्थल र सीमा नाकामा हुने चेकजाँचलाई प्रभावकारी र व्यवस्थित बनाएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको निगरानी राख्ने र थप चेकजाँच तथा उपचारको प्रबन्ध गर्नुपर्ने संघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण