प्रदेश २ को नामकरण र राजधानी तोक्न मतदान हुँदै
जनकपुर । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन विहान ८ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन ।
सभामुख सरोज कुमार यादवले नाम र राजधानीका लागि गठित समितिको बैठक जारी रहेकाले प्रदेश सभा बैठक बस्न केही ढिला हुनेछ । उनले नाम र राजधानीको टुंगो मतदानबाटै लगाइने जानकारी दिए ।
प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने विषयमा सहमति भइसके पनि नामका विषयमा सहमति हुन सकेको छैन ।
प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र काँग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, प्रमुख प्रतिपक्षी नेकपाका ३२, काँग्रेसका १९ र संघीय समाजवादीका एक सांसद छन् ।
नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण