बेपत्ता सूचीमा २५ सय ६ जनाको नाम (सूचीसहित)
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो । सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले रातोपाटीलाई बताए ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको हो । आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।
वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । ‘यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ’, सूचना अधिकारी निराजन अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा