बेपत्ता सूचीमा २५ सय ६ जनाको नाम (सूचीसहित)
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो । सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले रातोपाटीलाई बताए ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको हो । आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।
वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । ‘यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ’, सूचना अधिकारी निराजन अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण