कोरोनाको त्रास : प्रत्येक बसपार्क र टिकट काउन्टरमा ‘हेल्पडेस्क’ राख्न यातायात व्यवसायीको माग
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रास बढेपछि यातायात व्यवसायीहरुले प्रत्येक बसपार्क र टिकट काउन्टरहरुमा हेल्थ डेस्क राख्नुपर्ने माग गरेका छन् ।
बुधबार यातायात व्यवस्था विभागमा सरोकारवालाबीच भएको छलफलमा उनीहरुले कोरोना भाइरसबाट जोगिन र जोगाउन बसपार्क र टिकट काउन्टरहरुमा सफा पानी तथा सेनिटाइजरको पनि व्यवस्था हुनुपर्ने बताएका हुन् ।
त्यस्तै उनीहरुले यातायात व्यवसायी तथा मजदुरहरुका लागि आवश्यक स्वास्थ सम्बन्धि तालिम र सुरक्षाका लागि मास्क र सेनिटाइजको व्यवस्थाका लागि सम्वन्धित ट्रेड युनियनहरुलाई जिम्मा दिनुपर्ने बताएका हुन् ।
सर्वसाधारणलाई जानकारी दिन गाडीमा जनचेतनामूलक सूचना, भिडियो सूचना लगायतका जानकारीहरु बितरण गर्नु पर्ने तथा आधिकारिक निकाय स्वास्थ मन्त्रालय, विभाग तथा सम्बन्धित निकायले सार्वजनिक गरेको बाहेक अन्य माध्यमहरुबाट आएका हल्ला लाई रोक्न लाग्नुपर्ने सुझाव समेत दिएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल अखिल यातायात व्यवसायी संघ लगायतका यातायात व्यवसायी संघहरुले यातायात व्यवस्थापन विभागसँग यस्तो माग गरेका छन् ।
कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका ७७ ओटै जिल्ला पुग्ने यातायात क्षेत्रको सुरक्षा संवेदनशीलता र प्रयोगको उचित ध्यान दिदै अभिभावकको रुपमा विभागले जिम्मेवारी लिनुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
कार्यक्रममा जनचेतना र यात्रुको सुरक्षामा ट्रफिक प्रहरी जुनसुकै बेला खटिन तयार रहेको महानगरीय ट्राफिक प्रहरी कार्यलयका एसपी राजकुमार वैदवारले प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण