कोरोनाः भारतमा कम संक्रमित देखिनुको वास्तविक कारण के ?
जुबैर अहमद, बीबीसी
संसारको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा कोरोना भाइरसको संक्रमितको संख्या साँच्चै नै कम हो वा परीक्षण नै कम गरिएको हो भन्ने बारे बहस सुरु भएको छ ।
भारतमा अहिलेसम्म १ सय ४८ जना संक्रमित छन् ।
बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार तपाईंलाई कोरोना भाइरसको लक्षण देखिएको छ र तपाईं सिधै दिल्लीको कुनै सरकारी अस्पताल गएर कोरोनाको परीक्षण गराउन चाहनुहुन्छ भने तपाईंलाई फिर्ता पठाइनेछ ।
दिल्ली सरकारको स्वास्थ्य सचिवकी सहायक डाक्टर ऋतुका अनुसार सुरुमा कोरोना भाइरसका लागि स्थापित हेल्पलाइनलाई फोन गर्नु पर्नेछ ।
डा. ऋतु भन्छिन्, ‘यदि तपाईं कोरोना भाइरसबाट पीडित भएको हो कि भन्ने शंकामा तपाईं अस्पतालमा जानुको साटो हेल्पलाइनलाई फोन गर्नुहोस् । हेल्पलाइनमा तपाईंलाई विभिन्न प्रश्न सोधिनेछ जस्तैः के तपाईंले हालै कुनै विदेश यात्रा गर्नुभएको थियो वा कुनै यस्ता व्यक्तिसँग समय बिताउनुभएको थियो जो हालै विदेश यात्राबाट फर्किएका छन् ? अथवा यो रोगबाट पीडित कुनै व्यक्तिलाई भेट्नुभएको थियो ? यदि जवाफ ‘हो’ मा आउँछ भने तपाईंलाई अस्पताल पठाएर परीक्षण गराइनेछ र यदि जवाफ ‘छैन’ मा आउँछ भने परीक्षणका लागि पठाइने छैन ।’
परीक्षणमा नै कमी भइरहेको छः
कोरोना भाइरसका लागि भारतमा केन्द्रीय हेल्पलाइन नम्बर छ । यसबाहेक हरेक राज्यमा अलग–अलग हेल्पलाइन नम्बर पनि छन् ।
दिल्लीको महारानी बागकी स्वाती नामकी महिलालाई खोकी लागेर ज्वरो आएपछि उपचारका लागि मनोहर लोहिया अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न गएकी थिइन् ।
उनी गरिब परिवारकी हुन् र बिहारबाट फर्किएकी थिइन् । उनको परीक्षण गरिएन । अस्पतालले ‘उनले विदेश यात्रा नगरेको र खोकी लाग्दा, ज्वरो आउँदा कोरोनाकै संक्रमण हो भनेर बुझ्न नहुने’ भन्दै घर पठाएको छ ।
परीक्षणको तरिकाः
एशियाको ओशिनियामा चिकित्सक संघको संस्थाका अध्यक्ष डाक्टर केके अग्रवाल यस्तो तरिकामाथि असहमती व्यक्त गर्छन् ।
उनी भन्छन्, ‘यो तरिका रेस्ट्रिक्टिव छ । दक्षिण कोरिया, हङ्गकङ्ग र सिंगापुरमा लिबर (उदार) तरिका अपनाइएको छ जहाँ कोरोना भाइरसको लक्षण भएका हरेक बिरामीलाई सरकारी र निजी अस्पतालमा तुरुन्त परिक्षण गरिन्छ ।’
डाक्टर अग्रवालको संस्थामा दक्षिण कोरिया पनि समावेश छ जहाँका डाक्टरसँग उनीहरु लगातार सम्पर्कमा छन् । उनी भारतमा पनि दक्षिण कोरियाकै तरिका अपनाइयोस् भन्ने चाहन्छन् ।
त्यसो भए भारतमा कोरोना भाइरसद्वारा संक्रमितको सही आँकडा लुकाएर कम गरेर बताइएको हो त ?
डाक्टर अग्रवाल भन्छन्, ‘म यस्तो त भन्दिनँ । कम गरेर बताउनुको अर्थ सयजना संक्रमित छन् भने ६० जनाबारे त जानकारी दिइएको छ । यहाँ त परीक्षण नै कम गरिएको छ जसका कारण संक्रमितको संख्या कम देखिएको छ ।’
डाक्टर अग्रवालले यदि भारतले दक्षिण कोरियाको मोडल अपनाए यहाँ संक्रमितको संख्या ५ हजार सम्म पुग्न सक्छ ।
उनी भन्छन्, ‘धेरै संक्रमित सार्वजनिक हुँदा के समस्या हुन्छ ? यो कुनै खराब कुरा होइन ।’
दक्षिण कोरियामा हरेक ५० लाख जनसंख्यामा ३ हजार ६ सय ९२ मानिसमाथि परीक्षण भइरहेको छ । देशमा कोरोना भाइरसका लागि परीक्षण गर्ने किटको संख्या जनसंख्याको हिसाबले निकै कम छ ।
यो घातक रोगले अहिलेसम्म भारतमा तीनजनाको मृत्यु भएको बताइएको छ ।
तर संसारभरी यो रोगले अहिलेसम्म ७ हजार ९ सय ९४ को मृत्यु भइसकेको छ ।
कोरोनाको संक्रमण रोक्नका लागि दिल्ली सरकारले जिम, नाइट क्लब, स्पा र ५० बढी व्यक्तिको भीडमा ३१ मार्चसम्म प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण