नेकपा सचिवालय बैठकले दियो प्रधानमन्त्री ओलीलाई बधाई, समीक्षालाई धन्यवाद
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसको नेकपा सचिवालय बैठकमा मृगौलाको सफल प्रतयारोपणको लागि प्रधानमन्त्रीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको हो ।
फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री आलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षा रोक्नेलगायतका निर्णय गरेकोप्रति बैठकले प्रशंसा गरेको जनाएका छन् ।
कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई पनि अझ बढी प्रभावकारी ढंगले चलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ । यस्तै निर्णय विपरीत काम गर्नेलाई कडा कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
बैठकमा सबै सचिवालय सदस्यहरुले मास्क लगाएका थिए । यसअघि अस्पतालबाट डिस्चार्ज हँदा होस् वा सार्क राष्ट्रबीचको भिडियो कन्फरेन्सका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदवार आउँदा प्रधानमन्त्री ओलीले मास्क लगाएका थिएनन् । यस्तै नेताहरुसँगको भेटघाटमा पनि उनले मास्क प्रयोग गरेका थिएनन्। आज भने प्रधानमन्त्री ओलीले पनि मास्क लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण