बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण प्रचण्डको भेटघाट बन्द !

बिहीबार, ०६ चैत २०७६, ११ : ०४
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् ।

विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन् । 

गंगाले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावाश्यक) बाहेक हाललाई स्थगित गरिएको छ’,लेखेकी छन् । 

सामान्य अवस्थामा प्रचण्डले बिहान र बेलुका आफ्नै निवास खुमलटारमा नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप