हिमालयन बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढि स्थानमा विशेष छुट
काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न १०० भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।
यसै सन्दर्भमा बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालको हस्पिट्यालिटीको क्षेत्रको प्रतिष्ठित समुह सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरिे उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १०% को आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन् ।
सिद्धार्थ बिजनेस ग्रुपको होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे सहित अन्य विभिन्न स्थानमा हिमालयन बैंकका ग्राहकबर्गहरुले पाउने छुटको प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट www.himalayanbank.com गई हेर्न सक्नेछन् ।
बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल बढेर १०० वटा भन्दा बढि स्थानमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकवर्गहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण