शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेमा ६५ वर्षमाथिका बढी

बिहीबार, ०६ चैत २०७६, १३ : ३७
बिहीबार, ०६ चैत २०७६

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएकामध्ये करिब ८० प्रतिशत बिरामी ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले बुधबार एक रिपोर्ट जारी गर्दै जानकारी दिएको छ ।

उक्त रिपोर्टले फेब्रुअरी १२ देखि मार्च १६ सम्म मृत्यु भएका बिरामीहरुको रिपोर्ट परीक्षण गरेको छ ।

रिपोर्टमा ८५ वर्ष वा सोभन्दा माथिका बिरामीको सबैभन्दा धेरै मृत्यु भएको बताइएको छ । यो उमेर समूहको मृत्युदर १० देखि २७ प्रतिशत रहेको छ ।

६५ देखि ८४ उमेर समूहका ३ देखि ११ प्रतिशत मृत्यु भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म १९ वर्ष वा सोभन्दा मुनी कसैको पनि मृत्यु भएको छैन ।

अस्पतालमा  भर्ना भएका बिरामीमध्ये धेरैको उमेर ६५ देखि ८४ बीचमा छ ।

‘अमेरिकामा जसको उमेर धेरै छ, उनीहरुलाई कोभिड–१९ को संक्रमण बढी देखिएको छ,’ उक्त रिपोर्टमा भनिएको छ । ‘प्रत्येक उमेर समूहका सबैजना सकेसम्म घरबाट बाहिर ननिस्केर भाइरस फैलनबाट रोक्न सघाउनु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप