स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्यो
शुक्रबार, ०७ चैत २०७६, २३ : ३९
मड्रिड । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभरि कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो । यद्यपि, अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले भने १ हजार ४३ पुगेको जनाएका छन् ।
स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो । स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने झण्डै २० हजार पुग्न लागेको पनि जानकारी दिएका छन् ।
उनीहरुका अनुसार शुक्रबारसम्ममा १९ हजार ९८० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्यामा एकै दिन दुई हजार ८३३ थपिएको हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण