राजधानीको नयाँ बसपार्कमा देखियो यस्तो दृश्य, बिहानैदेखि अत्यधिक भिडभाड
काठमाडौं । कोरोना भाइसरको त्रासका कारण सरकारले चैत १० गतेदेखि केही समयको लागि लामो दूरीको यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि सोअघि नै घर जानका लागि सर्वसाधारण हतारिएका छन् ।
शनिबार बिहानै रातोपाटी प्रतिनिधि नयाँ बसपार्क पुग्दा यात्रुहरुको अत्याधिक भिडभाड देखिन्थ्यो भने टिकट पाउन निकै सकस देखिन्थ्यो ।
सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको अवस्था र कोरोना भाइरसको संक्रमणको डरले आफूहरु गाउँ जान लागेको उनीहरुको प्रतिक्रिया थियो ।
दाङकी कल्पना केसीले सरकारले १३ दिनसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको र सुरक्षा अपनाउन समेत भनेको अवस्थामा अहिले काठमाडौंमा बस्ने बाहेक केही काम नहुने भएकाले गाउँमा सुरक्षित हुने ठानेर जान लागेको प्रतिक्रिया दिइन् । तर चर्को भिडभाडले टिकट पाउन निकै सकस परेको उनले बताइन् ।
भिडियो हेर्नुहाेस्
केसी जस्तै काठमाडौंमा बस्दै आएका घेरै सर्वसाधारण अहिले गाउँ जाने हतारोमा छन् । १० गतेदेखि लामो दूरीको सवारी साधान नचल्ने हुँदा त्यसअघि नै गाउँ पुगिसक्नुपर्ने अवस्था रहेकाले बसपार्कमा भिडभाड बढेको हो ।
बसपार्क पुगेकाहरु अधिकांश मास्क लगाएर पुगेको देखिन्थ्यो भने कर्मचारीहरुले पनि सम्भावित संक्रमणबाट जोखिन मास्क लगाउनुका साथै अन्य सावधानी अपनाएको देखिन्थ्यो ।
यसैबीच पुरानो बसपार्क, कलंकी, कोटेश्वरलगायतका क्षेत्रमा पनि यात्रुहरुको उत्तीकै भिड रहेको छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण