कोरोना परीक्षणमा फिलिपिन्सलाई चिनियाँ सहयोग, एक लाख किट निःशुल्क
शनिबार, ०८ चैत २०७६, ११ : ३३
मनिला । कोरोनाभाइरसको संक्रमण पत्ता लगाउनका लागि आवश्यक पर्ने किटको अभाव झेलिरहेको फिलिपिन्सलाई चीनले सहयोग गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार चीनले फिलिपिन्सलाई कोरोना परीक्षणका लागि आवश्यक एक लाख किट सहयोग गरेको हो । फिलिपिन्सको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एक लाख किट चीनले सहयोग गरेको हो ।
यस अतिरिक्त १० हजार ‘एन ९५’ फेस मास्क, एक लाख सर्जिकल मास्क र व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री १० हजार थान पनि चीनले उपलब्ध गराएको हो ।
शनिबार बिहान चिनियाँ सहयोग सामग्री मनिला आइपुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्समा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३२ जना नयाँ संक्रमित फेला परेको जनाइएको छ । कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण