कोरोनाभाइरसविरुद्ध मानवीय सहयोगमार्फत प्रोपोगान्डा चिर्ने चीनको दाउ
विश्वका ठूला शक्तिराष्ट्र अमेरिका र बेलायतले कोरोनाभाइरस रोकथाममा देखिएका आफ्ना गल्ती–कमजोरीको ढाकछोप गर्न चीनविरुद्ध शीत युद्ध थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझैपनि कोभिड १९ लाई ‘चिनिँया भाइरस’ भन्छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनको बोली ट्रम्पभन्दा फरक छैन – ‘चिनिँया भाइरस’का कारण बेलायती नागरिकले समय अगावै प्रियजन गुमाउनुपरेको छ’, उनले गत हप्ता टेलिभिजन अन्तर्वातामा भनेका थिए।
यता, चीन कोरोनाबाट आफू तङ्ग्रिदै अरुलाई पनि उकास्न केन्द्रित छ । केही दिनअघि उसले युरोपियन मुलुकमा भेन्टिलेटरका लागि आवश्यक सामाग्री, चिकित्सकको टोली पठाएको छ । त्यस्तै अमेरिकालाई हजारौँ थान मास्क र कोरोना परीक्षण किट उपलब्ध गराएको छ ।‘हामी मानवीयताको पक्षमा छौँ, मानमर्दन दोस्रो कुरा हो’, संयुक्त राष्ट्रसंघका लागि चिनिँया सद्धभावना दूत झाङ जुनले भने ।
संकटलाई शक्तिमा बदल्नुपर्ने पक्षमा चीन छ । ‘हामी कम कुरा र बढी काम गर्छौँ,’ दक्षिण अफ्रिकाका लागि चिनिँया राजदूत लिन सोङतियन भन्छन्, ‘यो बेला हामी सबैका दौँतरी हौँ । कसैका दुश्मन हौइनौँ।’
बेल्जियममा चीनले शुक्रबार तीन लाख मास्क झारेको छ । मास्कमात्रै होइन उसले विज्ञ चिकित्सकको टोली समेत पठाएको छ ।
‘संकटकको यो अवस्थामा हामी सान्तवना मात्रै बाढ्दैनौँ, सहयोग गर्छौ । विश्लाई हाम्रो एकमात्र सन्देश छ – एकता नै बल हो,’संयुक्त राष्ट्रसंघका लागि चिनिँया सद्धभावना दूत झाङ जुन भन्छन् ।
युरोपियन मुलुकमा कोरानाबाट सबैभन्दा बढी प्रभावित मुलुक इटाली हो । इटालीमा कोरानाबाट एकै दिन ६ सय जनाले ज्यान गुमाएको रेकर्ड छ । इटालीले युरोपियन युनियनमा आबद्ध मुलुकहरुसँग सहयोगको याचना ग-यो । तर, युरोपियन युनियनका लागि इटालीका सद्धभावना दूत महुरीजो मसरीका अनुसार अपेक्षित सहयोग कतैबाट प्राप्त भएन ।
यस्तो कहालीलग्दो अवस्थामा चीनले इटालीलाई कोरोनासँग जुध्न आवश्यक सम्पूर्ण सामाग्री सहयोग ग-यो ।
चिनियाँ सहयोगको इटालीले खुलेर प्रशंसा गरेको छ । ‘चीनले कोरानाविरुद्ध लड्न इटालीलाई दिएको सहयोग र देखाएको सद्धभावको हामी सधैँ ऋणी छौँ,’ महुरीजोले भने ।
विश्व स्वास्थ संगठनद्वारा प्रशंशा
कोरोनाविरुद्ध लड्न चीनले गरेको सहयोगको विश्व स्वास्थ्य संगठनले पनि खुलेरै प्रशंसा गरेको छ ।
विश्व स्वास्थ्य संगठनका निर्देशक टेढरोस एडानोमले भनेका छन्, ‘कोरोना विरुद्ध लड्न चीनले विश्वभर गरेको सहयोगको हामी मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छौं । यो निकै सराहानीय कार्य हो ।’
कोरोना भाइरसको केन्द्रविन्दू चीनको उहान हो । यहाँबाट कोरोना भाइरसकै गतिमा यो चिनिँया भाइरस हो भन्ने प्रोपागाण्डा पनि फैलिएको छ । यस्ता भ्रमलाई चिर्न चीन चाहन्छ । ‘प्रमाणहरुले प्रष्ट पारेको छ यो भाइरस उहानको बजारमा पहिलोपटक देखापरेको होइन, त्यसैले यसलाई ‘मेड इन चाइना’ भन्न मिल्दैन ।’ दक्षिण अप्रिmकाका लागि चिनिँया राजदूत लिन सोङतियन भन्छन् ।
विश्वभर सहयोग गरिरहेको चीनको एउटै स्वार्थ छ । कोरानाबारेको प्रोपागान्डा अन्त्य होस् । संकटका समयमा एकता कायम रहोस र मानवता जीवित रहोस् ।
(पोलिटिको डटकमबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण