४५ मिनेटमै कोरोनाभाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो
अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो ।
यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ ।
कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ ।
यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए ।
यसअन्तर्गत ‘ड्राइभ थु्र’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ ।
सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण