बिहारमा कोरोनाका कारण पहिलो मृत्यु
आइतबार, ०९ चैत २०७६, १३ : ०७
भारतको बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति मुंगेरका बासिन्दा थिए र केही दिन अघि मात्रै कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान करिब ९ बजे भएको हो ।
उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
उनको मृत्युपछि कोरोना भाइरसबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।
यस्तै, स्थानीय पत्रकार निरज प्रियदर्शीका अनुसार बिहारमा कोरोनाका अर्का बिरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन् । ती बिरामी हालै स्कटल्याण्डबाट फर्किएका हुन् ।
आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै पनि संक्रमण देखिएको छ ।
इन्डियन मेडिकद रिसर्च असोसिएशनका अनुसार भारतमा कोरोना भाइरसका ३ सय ४१ संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण