चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप
बेइजिङ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ ।
क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरुलाई तीन समूहमा विभाजित गरेर खोप परीक्षणमा सामेल गरिएको छ ।
ती समूहमध्ये एउटा समूहलाई न्यून डोजको खोप दिइएको छ भने दोस्रो समूहलाई मध्यम डोज र तेस्रो समूहलाई उच्च डोजको खोप दिइएको छ । खोप लगाएका सबैलाई कम्तीमा १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ । यसबीचमा उनीहरुको शरीरमा देखिने सकारात्मक तथा नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताले निरीक्षण गरी खोपको प्रभावकारिताबारे अध्ययन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण