एन्फा होस्टललाई क्वारेन्टाइन बनाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाको महामारीबाट बच्नका लागि सातदोवाटोको खेलाडी बस्ने होस्टल र अन्य भौतिक संरचनालाई क्वारेन्टाइन र आइसोलेसनमा प्रयोग गर्न सकिने बताएको छ । एन्फाले आइबार प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको महामारीबाट बच्न आवश्यक परेमा देशभरका फुटबल संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तीमा एन्फा अन्तर्गत ललितपुरको सातदोवाटो स्थित एन्फा मुख्यालयको खेलाडी होस्टल, बुटबल र धरान एकेडेमी। रौतहटको महिला एकेडेमी लगायत संरचनालाई क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग गर्ने सकिने उल्लेख छ ।
कोरोनाको माहामारीबाट बच्नका लागि अहिले फुटबलका सम्पूर्ण गतिविधि बन्द भएको छ । एन्फाले शहिद स्मारक ‘बी’ डिभिजन लिग समेत हालै स्थगित गरेको छ । एन्फाले एक साताका लागि कार्यलय समेत बन्द गरेको छ । कोरोनाको जोखिमतालाई ध्यानमा राखी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघिनै खेलकुदका सम्पूर्ण गतिविधि वन्द गर्न सम्बन्धित खेल संघ संस्थालाई निर्देशन पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट