एन्फा होस्टललाई क्वारेन्टाइन बनाइने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाको महामारीबाट बच्नका लागि सातदोवाटोको खेलाडी बस्ने होस्टल र अन्य भौतिक संरचनालाई क्वारेन्टाइन र आइसोलेसनमा प्रयोग गर्न सकिने बताएको छ । एन्फाले आइबार प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको महामारीबाट बच्न आवश्यक परेमा देशभरका फुटबल संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तीमा एन्फा अन्तर्गत ललितपुरको सातदोवाटो स्थित एन्फा मुख्यालयको खेलाडी होस्टल, बुटबल र धरान एकेडेमी। रौतहटको महिला एकेडेमी लगायत संरचनालाई क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग गर्ने सकिने उल्लेख छ ।
कोरोनाको माहामारीबाट बच्नका लागि अहिले फुटबलका सम्पूर्ण गतिविधि बन्द भएको छ । एन्फाले शहिद स्मारक ‘बी’ डिभिजन लिग समेत हालै स्थगित गरेको छ । एन्फाले एक साताका लागि कार्यलय समेत बन्द गरेको छ । कोरोनाको जोखिमतालाई ध्यानमा राखी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघिनै खेलकुदका सम्पूर्ण गतिविधि वन्द गर्न सम्बन्धित खेल संघ संस्थालाई निर्देशन पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण