कोरोनाको त्रासले कोलम्बियामा ‘जेलब्रेक’ को प्रयास, २३ को मृत्यु
कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ ।
कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक दुःखद र पीडादायी दिन हो । ला मोडेला कारागारमा कैदीहरुले भाग्ने प्रयास गरेका छन् भने विभिन्न अन्य कारागारमा विद्रोहको प्रयास भएका छन् ।’
बोगोटामा रहेको देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कैदीहरुले भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको काबेलोले जानकारी दिइन् ।
यसक्रममा ७ जना सुरक्षा कर्मी पनि घाइते भएको र दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उनले देशभरका १३ वटा जेलमा एकैपटक यस्तो विद्रोहको प्रयास भएको पनि बताइन् ।
‘कोही पनि भाग्न पाएनन्,’ काबेलोले भनिन्, ‘त्यहाँ कसैमा स्वास्थ्यको समस्या थिएन जसले यस्तो स्थिति सृजना गर्यो ।’
काबेलोले अहिलेसम्म कुनै पनि कैदी वा कैदीमा रहेका कसैलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको स्पष्ट पारिन् ।
स्रोत : सीएनएन/बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण