सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाको अपिल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो ।
सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो । भोली पर्न सक्ने संकटका लागि सजग हुनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सीमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णयको स्वागतयोग्य रहेको बताए । संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि अग्रह गरेका छन् ।
कोभिड—१९ को जोखिम बढ्दै गएको बेला भ्रामक र तथ्यहिन हल्लाहरु बढेको उल्लेख गर्दै उनले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गरे । भिडभाड हुने ठाउँमा नजाने, अनावश्यक रुपमा नगइ आफ्नै घरमा सुरक्षित बस्न सरकारले दिएको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?