कोरोना संक्रमित सहकर्मीसँग लिइरहेका थिए सेल्फीः ६ पाकिस्तानी अधिकारी निलम्बित
पाकिस्तानमा कोरोना भाइरसबाट पीडित आफ्ना सहकर्मीसँग सेल्फी लिँदा ६ अधिकारी निलम्बनमा परेका छन् ।
मिडिया रिपोर्टमा बताइए अनुसार स्वास्थ्य परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएको सहकर्मीसँग यी अधिकारी सेल्फी लिइरहेका थिए ।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ७ सय ७६ पुगेको छ । डन न्यूजको रिपोर्टमा बताइए अनुसार खैरपुर जिल्लाको डेप्युटी कमिश्नरले आफ्ना सहयोगीसँग एक सेल्फी लिँदा विभिन्न क्षेत्रमा तैनाथ ६ राजस्व विभागका अधिकारी निलम्बित भएका छन् । अधिकारी जुन व्यक्ति सेल्फी लिइरहेका थिए उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण देखिएका ती व्यक्ति हालै इरानबाट फर्किएका थिए । एक अधिकारीले नाम नबताउने शर्तमा इरानबाट तीर्थ यात्रा गरेर फर्किएका सहकर्मीसँग सद्भावनाका लागि सेल्फी लिएको बताए । ती अधिकारीले भने, ‘जतिबेला सेल्फी लिइएको थियो त्यतिबेला इरानबाट फर्किएका ती व्यक्तिलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको थिएन न नै उनले कुनै स्वास्थ्य समस्या भएको बताएका थिए । पछि यो तस्बिर कसैले सोसल मिडियामा पोष्ट गरिदिए । त्यसको केही दिनमा ती व्यक्तिमा कोरोना संक्रमण देखियो । सेल्फी खिचेका अधिकारीलाई आइसोलेशनमा राखिएको छ । ’
कोरोना भाइरसले छिमेकी मुलुक पाकिस्तानमा पनि समस्या निम्त्याएको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै पाकिस्तानलाई पूर्ण रुपमा लकडाउन गर्ने घोषणा गर्न नसक्ने बताए । यसको कारण बताउँदै उनले भने, ‘किनभने यहाँ २० प्रतिशत भन्दा बढी मानिसहरु गरीबीको रेखा मुनी छन्, उनीहरुलाई धेरै नै समस्या हुनेछ ।’
यद्यपि, इमरानले आफ्ना जनतालाई घरम नै बस्न कोसिस गर्न अपिल गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण