कोरोना महामारीः एकैदिन विश्वभर १६ सयभन्दा बढीको मृत्यु (अपडेट)
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजारभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो । सोमबार सार्वजनिक रिपोर्टअनुसार इटालीमा एकैदिन ६ सय १ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ३५ जनाको मृत्यु भएको छ ।
इटालीमा एकैदिन ४ हजार ७ सय ८९ जना नयाँ कोरोना संक्रमितहरु देखापरेका छन् । योसहित इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरको संख्या ६३ हजार ९ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।
त्यस्तै स्पेनमा एकैदिन ४ हजार ३ सय २१ ज्ना नयाँ कोरोना संक्रमित बिरामीहरु भ्ेटिएका छन् । योसहित स्पेनमा कोरोनाबाट संक्रमितहरुको संख्या ३३ हजार ८९ पुगेको छ भने मृत्यु हुनेका संख्या २ हजार २ सय ७ पुगेको छ । त्यस्तै सोमबारै फ्रान्समा १ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या १६ हजार ६ सय ८९ पुगेको छ ।
त्यस्तै इरानमा एकैदिन १२७ जनाको मृत्यु भएको छ । यीसहित विश्वभर २४ घण्टाभित्रै मृत्यु हुनेको संख्या १६६९ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोनाका कारण मर्नेको संख्या १६ हजार ३ सय ७ पुगेको छ भने संक्रमितहरुको बिरामीको संख्या ३ लाख ६८ हजार ९ सय ३६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण