कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि राहत प्याकेज ल्याउने तयारीमा सरकार
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पर्यटन, श्रम, पूर्वाधार, उद्योगलाई प्राथमिकतामा राख्दै राहत प्याकेज ल्याउने तयारी सरकारको छ ।
सरकारद्वारा गठित कोरोनाको असरले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन समितिले सूक्ष्म अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।
खासगरी कर भुक्तानी, ऋणमा सहुलियत, सामाजिक सुरक्षा कोषमार्फत अस्थायी श्रमिकको आधा पारिश्रमिकको व्यवस्था गर्नेगरी प्याकेज ल्याउन लागिएको अध्ययन टोलीका एक सदस्यले आर्थिक अभियानलाई बताए ।
उनका अनुसार प्याकेज घोषणाका लागि प्रभावित उद्योगहरूसँग अहिले क्षतिको विवरण माग गरिएको छ । ‘उद्योगको प्रकृति, लगानी, आम्दानी विवरणबारे सूक्ष्म तवरले अध्ययन गरिरहेका छौं,’ उनले बताए ।
अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार अध्ययन समितिले सूक्ष्म अध्ययन गर्दा केही ढिलाइ भइरहेको हो । ‘अध्ययन सकिनै लागेको छ, के कस्तो राहत ल्याउनेबारे गृहकार्य भइरहेको छ, छिट्टै निष्कर्षमा पुगेर घोषणा गरिनेछ,’ उनले बताए । खत्रीका अनुसार होटल, हवाई, पूर्वाधारजस्ता क्षेत्रमा कोरोनाको सबैभन्दा बढी असर देखिएको अध्ययनको प्रारम्भिक निष्कर्ष निकालेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण