चीनले ‘ग्रेट वाल’ का केही भाग पर्यटकका लागि खुल्ला गर्दै
मङ्गलबार, ११ चैत २०७६, १० : ५४
पर्यटकका लागि आकर्षक गन्तव्य चीनको ‘ग्रेट वाल’ का केही भाग मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । नोभेल कोरोना भाइरसका संक्रमितको खंख्या क्रमशः घट्दै गएपछि चीनले यस्तो निर्णय लिएको हो ।
यद्यपि, ग्रेट वालको बाडालिङ्ग क्षेत्रमात्रै खुल्ला गरिएको चीनको माइक्रोब्लगिङ साइट वेबोमा एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । संग्रहालयलगायतका अन्य क्षेत्र बन्द नै रहने जानकारीमा उल्लेख छ ।
ग्रेट वाल भ्रमण गर्ने पर्यटकले अनलाइनमार्फत् टिकट बुक गर्नुपर्ने र उनीहरु स्वास्थ्य भएको पुष्टि गर्ने क्यूआर कोड प्रस्तुत गर्नुपर्ने छ । यसका साथै उनीहरुले फेस मास्क लगाउनुपर्ने र अन्य व्यक्तिसँग १ मिटरको दुरी कायम गनुपर्ने नियम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण