घोडे जात्रा स्थगित गरेको सेनाको घोषणा
मङ्गलबार, ११ चैत २०७६, १२ : ४८
काठमाडौं । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा यो वर्ष स्थगित गरेको छ । सेनाको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोनाभाइरस (कोभिड(१९) को जोखिमलाई मध्येनजर गरेर यस वर्ष स्थगित गरिएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा मिति २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम समारोह स्थगित गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण