कोरोनामुक्त भए आर्सनलका प्रशिक्षक अर्टेटा
कोरोना भाईरसको संक्रमण भएका इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोनाबाट मुक्त भएका छन् । दुई साताअघि कोरोनाको संक्रमण देखिएका अर्टेटा स्वयंले आफु कोरोनाबाट मुक्त भएको बताएका हुन् ।
अर्टेटालाई मार्च १२ तारिख कोरोना भएको पुष्टि भएको थियो । संक्रमणपछि अर्टेटा अस्पताल भर्ना भएका थिए । उनलाई कोरोनाको लक्षण देखिएपछि आर्सनल र ब्राईटनबीचको खेल समेत स्थगित गरिएको थियो । आर्सनलले आफ्नो प्रशिक्षण क्याम्प तत्कालै बन्द गरेको थियो । आर्सनलले प्रशिक्षकसँग सम्पर्कमा भएका ब्यक्ति र खेलाडीलाई समेत तत्काल स्वास्थ्य परिक्षण सहित आइसोलेसनमा राखेको थियो ।
त्यस लगत्यै प्रिमियर लिग क्लबहरुको आकस्मिक बैठक बसी लिग फुटबल स्थगित गरिएको थियो । कोरोनाको संक्रमण हुँदा निराश बनेका अर्टेटाले कोरोना भाईरसले छाड्दै गर्दा आफुलाई राहत महसुस भएको बताएका छन् । ‘कोरोनाले छोड्दा मलाई राम्रो महसुस भएको छ । अब मलाई निको भयो जस्तो लाग्छ । विस्तारै फुटबलमा आउने प्रयासमा छु,’ ३८ बर्षीय अर्टेटाले स्पेनिस टेलिभिजनसँगको कुराकानीमा भनेका छन् ।
कोरोना भाइरसका कारण इङ्ल्यान्डमा प्रिमियर लिग लगायत फुटबलका सबै गतिविधि ठप्प भएको छ । प्रिमियर लिग २९औं चरणको खेल चल्दै गर्दा स्थगित भएको थियो । लिगका २८ खेल सकेको आर्सनल अहिले ४० अंक सहित तालिकाको नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ । दोस्रो स्थानमा रहेको २८ खेलबाट ५७ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण