सुरक्षा निकाय पनि खरीद गर्दै
काठमाडौं – मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वानसम्मको तयारी तीव्र बनाएका छन् ।
नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई), भेन्टिलेटर, एन–९५ मास्क खरीदका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रू. १० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू. ७ करोड व्यवस्था गरिएको बताए । सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीई सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीई स्टकमा रहेको बताए ।
त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आईसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरीद गर्न आइतवार नै खरीद प्रस्ताव आह्वान गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट प्रदेशमा रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण