अपडेट
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
आइतबार, ०७ असार २०८३, १० : २५
सारांश
- बाजुराको बुढीगंगा नगरपालिका-१० को रिठा बजार नजिकै आइतबार बिहान पवनदूत यातायातको बस दुर्घटना भएको छ।
- ब्रेक फेल भएका कारण सुदूरपश्चिम प्रदेश-०२-००१ ख १३५५ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
- घाइतेमध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएका छन्।
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ ।
पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।
ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताइन् । उनका अनुसार महेन्द्रनगरबाट मार्तडी जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाइतेहरू मध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै छ । अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण