भारतबाट आएका नेपाली जंगल र खोला हुँदै हिँडेरै गुल्मी पुगे
बुटवल : भारतबाट स्वदेश आई पुगेका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ ।
‘कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र जंगल हुँदै छिरेका छन् । मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न सकिएन ।’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज विहान बुटवल र पाल्पा हुँदै हिँडेर गुल्मी प्रवेश गरेका २५ देखि ३० जनाको टोलीलाई रिडीमा स्वास्थ्य परिक्षण गरिएको र उनीहरु पैदलयात्रामार्फत नै घरतर्फ लागेका छन् ।
जिल्ला भित्रिएका उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ । मालिका गाउँपालिकाका प्रबत्ता एवं वडाध्यक्ष शोभाखर गिरिका अनुसार उनीहरुमध्ये करिव २५ जना त्यस गाउँपालिका भित्रका हुन् । वडाध्यक्ष गिरिले भारतबाट घर आएका उनीहरुलाई रुपन्देहीको क्वारेन्टाईनमा राख्न खोज्दा भागेर पाल्पा हुँदै हिडेर आउँदै गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण