देशभर लकडाउन : स्वास्थ्यकर्मी जुवातासमा
कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ ।
तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण