भारतमा बुधबार ८७ जना नयाँ कोरोना संक्रमित फेला, हालसम्म १२ जनाको मृत्यु
बुधबार, १२ चैत २०७६, २२ : १६
छिमेकी देश भारतमा बुधबार एकैदिन ८७ जना कोरोना संक्रमित फेला परेका छन् । योसहित भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२३ जना पुगेको छ भने तीमध्ये १२ जनाको मृत्यु भएको छ ।
बुधबारमात्रै दुई जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बुधबार बिहान तमिलनाडुको मदुरेमा ५४ वर्षीय पुरुष र मध्यप्रदेशको उज्जैनका ६५ वर्षीया महिलाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यका साथ गएरातिदेखि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हालसम्म भारतका २५ राज्यमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण