‘वनका राजा पनि लकडाउनमा’
दैलेख - ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए । ‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिए ।
खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा छ । यो समाचार आजको राजधानी दैनिकमा भक्तबहादुर शाहीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण