कोरोनाको कहर : विश्व प्रख्यात शेफ र बेलायती वरिष्ठ कुटनीतिक कर्मचारीको मृत्यु
न्यूयोर्क । कोरोनाभाइरसका कारण विश्व प्रशिद्ध शेफ (व्यञ्जनकार) फ्लोयड कार्डोजको बुधबार निधन भएको छ । ५९ वर्षीय उनी कोरोनाभाइरसबाट संक्रमित थिए ।
न्यूजर्सीमा उनको निधन भएको जनाइएको छ । उनको उपचारमा संलग्न अस्पतालले भनेको छ, ‘तपाईंहरुलाई गहिरो दुःखका साथ शेफ फ्लोयड कार्डोजको निधनको सूचना दिनु परेको छ ।’
मार्च १८ मा उनमा कोरोना संक्रमण पाइएको थियो । लगत्तै माउन्टेनसाइड मेडिकल सेन्टरमा उनको उपचार गरिएको थियो ।
भारतीय मूलका उनी हालैमात्र भारतबाट फर्किएका थिए । भारतमा रहँदा उनले अभिनेता अजिज अन्सारीसँगको सेल्फी पनि आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए ।
यस्तै हंगेरीमा कार्यरत बेलायटी वरिष्ठ कुटनीतिज्ञको पनि कोरोना संक्रमणकै कारण निधन भएको छ ।
बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ३७ वर्षीय कुटनीतिक कर्मचारी स्टेभन डिकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी बुढापेस्टस्थित बेलायती दुतावासमा कार्यरत थिए ।
उनको मंगलबार निधन भएको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।
उनी सन् २००८ देखि बेलायती विदेश मन्त्रालयमा आवद्ध भएका थिए । उनले साउदी अरब र अफगानिस्तानमा रहेर पनि बेलायती दूतावासको जिम्मेवारी सम्हालिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण