चौथो पटक पनि ‘पोजिटिभ’ आयो कनिकाको परीक्षण, चिन्तित परिवारका सदस्यले भने, ‘हामी प्रार्थना मात्रै गर्न सक्छौं’
बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ ।
उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारिरहेको छैन । अर्कोतर्फ हामी उनको थप उपचारका लागि कतै लैजान पनि सक्दैनौं । हामी उनको स्वास्थ्यका लागि प्रार्थना मात्रै गर्न सक्छौं ।’
यद्यपि, यसबारे डाक्टरले प्रतिक्रिया दिँदै ४१ वर्षीया गायिकाको अवस्था अहिले स्थिर भएको जानकारी दिए ।
९ दिनदेखि अस्पतालमा भर्ना छिन् कनिकाः
कनिका पछिल्लो ९ दिनदेखि संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टीच्युट अफ मेडिकल साइन्समा भर्ना छिन् । २० मार्चमा उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको चार पटक परीक्षण भइसकेको छ ।
९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् कनिकाः
कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनले लखनउ र कानपुरको यात्रा गरेकी थिइन् । दुई दिन लखनउको होटल ताजमा बसिन् र केही पार्टीमा समावेश भइन् । यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् । त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो । लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको र मानिसहरुलाई भेटेको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचनासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण