हिमानी कोषद्वारा नेपाल सरकारलाई २ करोड सहयोग
काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।
उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण