कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख नाघ्यो, मर्नेको संख्या ४१ हजार (अपडेट)
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भएको हो । त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।
मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृत्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृत्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै इटालीमा ४ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा संक्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।
त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ । त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ । अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ । तर संक्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण