सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह
नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
“नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उनले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अलपत्र रहेका नेपालीको उद्धार नगर्नु गैर दुःखद भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कल्याण उपकार सेभिङ्गका अध्यक्ष लिला बहादुर पुर्पक्षका लागि थुनामा
-
बृहत् विद्यार्थी महोत्सव किन ?
-
विश्वासको मत पाउनेमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वस्त
-
सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ : उद्धव थापा
-
सरकार छोड्ने निर्णय गरेका छैनौँ : झलनाथ खनाल
-
जसपाका मन्त्रीले लिए शपथ