इसेवाको स्पष्टीकरण : न्युज पोर्टलको समाचार हट्नुमा इसेवाको कुनै हात छैन
पेमेण्ट गेटवे इसेवाले काठमाडौं प्रेसको न्युज पोर्टलको समाचार डिलिट हुनुमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै स्पष्टीकरण दिएको छ ।
चैत २१ गते शुक्रबार इसेवाले प्रेस विज्ञिप्ति जारी गर्दै काठमाडौं प्रेसको न्युज पोर्टलबाट समाचार डिलिट भएको विषयमा इसेवालाई समेत मुछिएको भन्दै त्यसमा इसेवाको हात नरहेको र नियोजितरुपमा प्रहार गरिएको भन्दै आपत्ति जनाएको हो ।
विगत ११ वर्षदेखि विद्युतीय भुक्तानी सेवा प्रदायकको रुपमा काम गरिरहेको र नगदरहित भुक्तानीको माध्यम बनाउन लागिपरेको इसेवाको तर्क छ । लकडाउनको विषम परिस्थितिमा पनि ग्राहकलाई सेवा दिइरहेको भन्दै इसेवामाथिको प्रहार न्यायोचित नभएको भन्दै उसले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति खेद प्रकट गरेको छ ।
इसेवाको नाम जोडेर तथा तथा यसका सञ्चालकहरुलाई जोडेर विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह र दुस्प्रचार भन्दै त्यसको पछि नलाग्न पनि इसेवाले ग्राहक, एजेण्ट, सेवा प्रदायक तथा बैंक र वित्तीय संस्थालाई आग्रह गरेको छ ।
हेर्नुहोस्, इसेवाको विज्ञप्ति ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
