नोबेल अस्पतालमा बढ्यो बिरामीको चाप
बिराटनगर। बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केही साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो ।
नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउँने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिए । ‘बिगत एक हप्ता भन्दा बढी समययता बिरामी धेरै कम थिए ।’ उनले भने ‘अहिले दुई दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । लगभग पहिलेकै अवस्थामा बिरामी आउँन थालिसकेका छन ।’ अहिले दम, रुघाखोकी, मुटुरोग र नसा सम्बन्धि समस्याका बिरामी बढी आइरहेको डा.अग्रहरीले बताए ।
कतिपय निजी अस्पतालहरुले कोरोनाको डरले बिरामी लिन नमानिरहेका बेला केहि दिन अघि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले कोरोनासहित जस्तासुकै समस्या भएका बिरामीको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला रहेको उद्घोष गरेका थिए । नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीलाई छुट्टा–छुट्टै उपचार कक्षमा राखेर उपचार गरिदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । ‘बिरामीहरुलाई संक्रमणबाट जोगाउँनका लागि बेग्ला–बेग्लै उपचार कक्षको व्यवस्था मिलाएका हौं ।’ उनले भनिन् ।
नोबेलले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगाउन र बिरामीमा पनि संक्रमण फैलन नदिनका लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण