लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने
काठमाडौं – सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्दे्शिका बनाउने क्रममा भएको र एक/दुई दिनमै निर्दे्शिका तयार हुने बताए ।
निर्दे्शिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण