मन्त्रिपरिषदको निर्णय : लकडाउनमा अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने
मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ । शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको र त्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।
बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा सम्भाव्य ब्यक्तिको परीक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परीक्षण गर्ने योजना रहेको बताए । ती क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए ।
मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य उपकरण छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाई कारबाही गर्ने, उपचारमा संलग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने जस्ता निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

