बेलायती महारानीद्वारा विशेष सम्बोधन
लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले आइतबार साँझ बेलायतवासीलाई एक विशेष सम्बोधन गरेकी छन् । ६८ वर्षसम्म बेलायतको राजगद्धीमा बसेकी महारानीले देशवासीका नाममा गरेको यो मात्र पाँचौ विशेष सम्बोधन हो ।
यसअघि आफ्नो राज्यारोहणको ६० वर्ष पुगेको अवसरमा सन् २०१२ मा विशेष सम्बोधन गरेकी उनले त्यसअघि सन् २००२ मा आफ्नी आमाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा, सन् १९९७ मा युवराज्ञी डायनाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा र सन् १९९१ मा इराक युद्ध शुरु हुने बेला विशेष सम्बोधन गरेकी थिइन् ।
यसपटकको विशेष सम्बोधन कोरोना भाइरस (कोभीड १९) को महामारी प्रति लक्षित रहेको थियो । ४ मिनेट १९ सेकेन्डको उक्त रेकर्डेड भिडियो सन्देशमा कोरोनाविरुद्धको लडाईमा सफलता हात पर्ने आशा व्यक्त गरेकी छन् । यस्तो चुनौतिपूर्ण अवसरमा काम गर्ने स्वास्थ्यकर्मीलगायत सम्पूर्ण कामदारहरुलाई धन्यबाद दिएकी छन् ।
यस अघि पनि थुप्रै चुनौतिहरुको सामना गरेतापनि यसपटकको चुनौती फरक भएकोले संसारभरिका सबै राष्ट्र मिलेर साझा प्रयासमा अघि बढिरहेको र यसले हामि सबैलाई सफलता मिल्ने बताएकी छन् । यस्तो विषम परिस्थितिमा आफन्तजन र प्रियजनबाट टाढा हुनेहरूप्रति सहानुभुति व्यक्त गर्दै उनले भनिन् ‘अझै कठिन परिस्थितिहरु आउन सक्छन तर हामी पुनः एकसाथ हुनेछौ र हामीहरु फेरी पनि भेट्नेछौं ।‘
आफ्नो सम्बोधनमा घरैमा बसेर सरकारको नियम पालना गर्ने सम्पूर्ण बेलायातवासीलाई धन्यबाद ज्ञापन गर्दै सहयोगमा जुत्नेहरुको प्रशंसा समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण