प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो
विराटनगर । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ ।
मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ ।
क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन् ।
आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २० महिला र ७० पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण