लिग रद्द भए लिभरपुललाई उपाधि
युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले इङ्लिस प्रिमियर लिग रद्द भएका लिभरपुलले उपाधि जित्ने बताएका छन् । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएको छ ।
अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । ‘प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २५ अंकले माथि रहेको लिभरपुललाई उपाधि दिँदा उचित हुन्छ । यदि लिग सुचारु भएका लिभरपुललेनै उपाधि जित्ने पक्का छ । मेरो विचारमा कुनैपनि पाटोबाट लिभरपुललाई उपाधिविहिन बनाउन मिल्दैन,’ सेफेरिनले भने ।
सन् १९९० पछि पहिलो पटक उपाधि मुखमा रहेको लिभरपुललाई कोरोना भाइरसका कारण लिग रोकिँदा सबैभन्दा पिर परेको छ । ३० बर्षपछि लिग च्याम्पियन बन्ने योजनामा रहेको लिभरपुललाई लिग सुचारु भए तीन खेल जिते पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण