बेलायतमा कोरोना संक्रमणबाट दुई भूपू गोर्खा सैनिकको मृत्यु
लण्डन – बेलायतमा कोरोना संक्रमणबाट दुई भूतपूर्व गोर्खाहरुको मृत्यु भएको छ ।
लन्डनमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।
पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो ।
यसैगरी, बेलायतकै नटिङहममा बस्दै आएका अर्का एक भूतपूर्व गोर्खाको पनि मृत्यु भएको छ ।
५८ वर्षीय शिव श्रेष्ठ विगत केहि दिनदेखि आइसोलेसनमा बस्दै आएका थिए ।
उनको नटिङहमस्थित स्थानीय हस्पिटलमा मृत्यु भएको हो । उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।
उनको मृत्यु कोरोनाबाटै भएको हो वा अन्य कुनै कारणले हो सो को पुष्टि भने भैसकेको छैन । बिहान ३ बजेतिर स्वास्थ्यस्थिति कमजोर भएपछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका श्रेष्ठको साँझ ५ बजे मृत्यु भएको हस्पिटलले जानकारी गराएको थियो ।
अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट बिहीबार मात्रै उपलब्ध हुने बताइएको छ ।
नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए । सामाजिक क्षेत्रमा समेत रुची राख्ने स्व श्रेष्ठ नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका थिए ।
यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ४ नेपाली सहित ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण