अमेरिका उडेका अभिनेता सरोज खनालले भने, ‘जे पर्ला त्यहि टर्ला’
बिहीबार, २७ चैत २०७६, १३ : ३५
करिब पाँच वर्षअघि अमेरिकाको सुख–सयल त्यागेर सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच आइतबार अमेरिका उडे । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् ।
सरोज अमेरिकी नागरिक हुन् । उनी अमेरिका उडेपछि नेपालमा भने उनको चर्को विरोध भइरहेको छ ।
यसै विरोधका बीच उनले बुधबार आफ्नो फेसबुक अकाउन्टमा परिवारसँग रमाइलो गरिरहेको तस्बिर पोष्ट गर्दै संस्कृतको एउटा श्लोकसहित स्टेटस लेखेका छन् ।
यो पनिः
उनले लेखेका छन्, ‘ सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला ।’
सरोजका छोरा र श्रीमती पहिले देखि नै अमेरिकामै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
