संक्रमण रोकथाम गर्न पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा
काठमाडौं – विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा सिर्जना भएको छ ।
खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन् ।
दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले स्थानीय तहको विपत व्यवस्थापन कोषमा राखिएको रकम सकिएकाले ‘अब कसरी खर्च गर्ने ?’ भन्ने अन्योल सिर्जना भएको बताउँछन् ।
‘कल्पनै नगरेको महामारी आयो, यसमा केन्द्र र प्रदेश सरकारले पनि सहयोगका साथै खर्च गर्ने कानुनी बाटो खोल्नुपर्छ,’ बस्नेतले भने, ‘यस विषयमा नगरपालिकामा छलफल गर्ने तयारीमा छौँ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई, समानीकरण, आन्तरिक आय, राजस्व बाँडफाँड शीर्षकबाट खर्च गर्न मिल्ने बाटो खोलिदिएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण